ओलीले बोलाए स्थायी समिति बैठक

FILE PHOTO

काठमाडौं – नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

यससँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्