प्रधानसेनापति थापा र प्रधानन्यायधिश राणा बीच भेटवार्ता

File Photo

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालका अनुसार सर्वोच्च अदालत पछाडि नेपाली सेनाले भोगचलन गरिरहेको जग्गाको विषयमा कुराकानी गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चको अहिलेको भवनपछाडि नयाँ भवन बन्दैछ । त्यसका लागि नेपाली सेनाले अहिले भोगचलन गरिरहेको केही जग्गा छोडिदिनुपर्ने भएको प्रवक्ता सहायक रथी पौड्यालले बताए ।

तर सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्