एपीएफलाई पछि पार्दै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं – त्रिभुवन आर्मी क्लबले चौथो प्रयासमा प्रधानमन्त्री कप क्रिकेटको उपाधि हात पारेको  छ । फाइनलमा उसले अर्को विभागीय टोली सशस्त्र प्रहरी(एपीएफ)लाई ३३ रनले हराउँदै पहिलो पटक उपाधि हात पार्न सफल भएको हो ।
त्रिभुवन आर्मीले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउँदै एपीएफ ४१ ओभर तीन बलमा मात्र १७८ रनमा समेटिन पुग्यो । एपीएफका लागि ओपनर आसिफ शेषले सर्वाधिक ६१ रनको योगदान दिएपनि जितका लागि अपर्याप्त भयो । जितेन्द्र मुखियाको बलमा रोहित पौडेलको हातमा क्याच थमाउनु अघि उहाँले मात्र ७१ ब्लमा आठ चौका र एक छक्काको सहयोगले ६१ रन बनाउनुभयो । मध्यक्रममा सन्दीप जोराले २९ रनको योगदान दिएपनि अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । र ऊ १७८ रनको योगफलमा समेटिन पुग्यो । १४१ रनमा मात्र पाँच विकेट गुमाएको एपीएफले थप ३७ रन जोडन बाँकीको पाँच विकेट गुमाउन पुग्यो ।
एपीएफलाई सस्तोमै समेटन आर्मीका तीब्र गतिका बलर जितेन्द्र मुखियाले ओपनरद्वय सुभाष खकुरेल र मोहम्मद आसिफ तथा कप्तान शरद भेषवकारको गरी तीन विकेट लिनुभयो । बिक्रम सोब र सहाब आलमले समेत तीन तीन विकेट लिँदा सुशन भारीले एक विकेट लिनुभयो । त्यसअघि, त्रभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल(एपीएफ) समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मीका लागि हरि चौहानले अर्धशतकीय पारी खेलेपछि उसले एपीएफ समक्ष औसत लक्ष्य प्रस्तुत गर्न सफल भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको आर्मीले ४७ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनरद्वय अनिल मण्डलले ११ र सुशन भारीले १३ रन बनाएर पेभेलियन फर्किदा आर्मी दबाबमा आयो । भिम सार्की समेत सात रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा आर्मीले १७ ओभरमा ४७ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । हरि चौहानले संयमित पारी खेल्दै ५८ रनको योगदान दिएपछि आर्मीले ४६ ओभरमा १७३ रन जोड्न सफल भयो । मध्यक्रममा कप्तान विनोद भण्डारी सात रनको ब्यक्तिगत् योगफलमा कमल ऐरीको एलबीडब्ल्युको धरापमा पर्नुभयो । राजेश पुलामीले २८ रनको योगदान दिनुभयो । रोहित पौडेल पुनः प्रभाबकारी प्रदर्शन दिन असफल हुनुभयो । उहाँले १३ रन बनाउनुभयो ।
पूछारमा सहाब आलमले मात्र १४ बलमा दुई चौका र एक छक्काको सहयोगमा अविजित रहँदै २५ रनको विष्फोटक पारी खेलेपछि आर्मीले ५० ओभरमा नौ विकेटको क्षतिमा २११ रनको योगफल तयार गर्न सफल भयो ।आर्मीलाई औसत योगफलसम्म रोक्न एपीएफका अविनाश बोहराले सर्वाधिक चार तथा किशोर महतोले दुई विकेट लिनुभयो । कमलसिंह ऐरी, भुवन कार्की र शरद भेषवकारले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्