अष्ट्रेलियाले किन हजारौं उँटहरुलाई मार्ने निर्णय गर्याे, पानीकाे अभाव मुख्य कारण

अष्ट्रेलियामा अत्यधिक गर्मीका कारण खडेरी बढेपछि हजारौं उँटहरुलाई मार्ने निर्णय गरेको छ । देशको दक्षिणी क्षेत्रमा प्रचण्ड गर्मी र लामो खडेरीले गर्दा भइरहेको पानीको चरम अभाव कम गर्ने प्रयास स्वरुप त्यति हो । यावओरिजिनल आदिवासी समुदायको बसोवास रहेको आनान्गु पिटजान्ट जाटजरा क्षेत्रमा हिजोबाट सुरुभएको पाँच दिने उँट सफाया अभियान अन्तरगत हेलिकप्टरबाट गोली हानेर उँटहरु मारिने अधिकारीहरुले बताएका छन् । स्थानीय आदिवासी समुदायले उँटले घर बस्तीहरुमा क्षति पुर्याएको र खडेरीमा संग्रहित गरिएको पानी पनि सबै पिएर सकाउने गरेको गुनासो आएपछी उनीहरुकै दवाव र वातावरण र पानी मन्त्रायलको निर्देशनमा उँट मार्ने अभियान सुरु गरिएको बताइएको छ । त्यस क्रममा केही जंगली घोडाहरु समेत मारिने भएका छन् । १९औ शताव्दीमा खाडी मुलुक अफगानिस्तान र भारतबाट बेलायती शासकहरुले उँट अष्ट्रेलिया भित्र्याएका थिए । अहिले त्यहाँ कति उँट छन् भन्ने एकिन तथ्याङ्क नभएपनि दशौं हजारको संख्यामा रहेको अनुमान छ । उँटले पानी खाइदिएर दुःख दिनुका साथै जलवायु परिवर्तनमा सहयोग पुर्याउन मिथेन ग्यास समेत फाक्ने गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्