आज पनि हिमपातकाे सम्भावना, भाेलिदेखि माैसम सफा रहने

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्नुका साथै पानी समेत पर्ने सम्भावना रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमालीका अधिकांश भू–भागमा हिमपात भइरहेको छ । मौसममा भएको बदलीको प्रभाव आज पनि जारी रहने जल तथ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ । अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसोबाट मौसममा सुधार आउने पूर्वानुमान महाशाखाले गरेको छ । शनिवार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । अहिले बर्षा र हिमपातका कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्