चुनावका लागि स्रोतको प्रबन्ध गरिएको छः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेकोले निर्वाचनका लागि स्रोतको प्रबन्ध पनि अर्थ मन्त्रालयले गरेको बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी लुम्विनी प्रदेश सम्पर्क कमिटीले गरेको प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उहाँले सरकार र सुरक्षा निकाय तोकिएकै समयमा निर्वाचन गराउनमा केन्द्रित भइसकेको जानकारी पनि दिनुभयो । उहाँले कार्यकर्तालाई पनि सक्रियरुपमा तयारीमा लाग्न आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको बताउदै निर्धारित समयमा नै निर्वाचन हुने उल्लेख गर्नुभयो ।  नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्