कात्तिक ७ गतेदेखि क्लिनफिड लागु हुने, विज्ञपान सहितका च्यानल प्रसारण गरे बन्द गर्ने चेतावनी

काठमाडौँ – सरकारले कात्तिक ७ गतेदेखि नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ ।

नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी दिएको हो ।

विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कात्तिक सात गतेदेखि नेपालमा क्लिन(फिड लागू हुने मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न संघसंस्थाको आग्रह भए पनि लागू हुने मिति सार्न नसकिने प्रष्ट पारेको छ । ऐनले तयारीका लागि भन्दै एक वर्ष समय दिएको तर अझै पनि तयारीका लागि भनेर समय थप गर्न नसकिने मन्त्रालयले बताएको छ ।

यसअघि क्लिन–फिड लागू गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरुले आग्रह गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्