बुधबार थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौँ – बुधबार थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार २ सय ९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २९३ जना रहेका छन् ।
२५ हजार ७ जनामा अझै कोरोना सक्रिय रहेको छ । १ हजार १ सय २६ जना आज डिस्चार्ज भएका छन् । १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्