बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस, कुलमानको नियुक्ति हुन सकेन

काठमाडौ- आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले दिनुभयो । यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँकाे नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ जानकारी गराउनु भएकाे थियाे । साथै नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारी पदमा कुलमान घिसिङकाे नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै एजेण्डै नआएकाे मन्त्री भुषालले जानकारी दिनुभयाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्