लागुऔषध सहित एक पक्राउ

मुकेश यादव, सिरहा

सिरहा प्रहरीले लागुऔषध मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका एक जनालाई पुनः आज प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको छ ।
लुकीछिपी लागुऔषध कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाडको टोलीले लागुऔषधसहित गोलबजार नगरपालिका ४ निवासी ४२ बर्षीय मनोज कुमार साहलाई घरबाटै पक्राउ गरेको हो । उनकै घर कोठामा प्रतिवन्धित लागुऔषध बिक्री बितरण गरिरहेको अवस्थामा लागु औषध डाइलेक्स डिसी ६७ बोतल, नाईट्रोभेट ट्याब्लेट १६५ पिससहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । साह यसअघि पनि ४ पटक लागुऔषधसहित पक्राउ परेका थिए । पछिल्लो पटक करिव ४ महिना अघि साह लागुऔषध मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्