काठमाण्डौबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडक एकतर्फी रुपमा सञ्चालन

FILE PHOTO

काठमाण्डौबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ् । कुलेखानी नजिकै पहिरो खसेका कारण सडक एकतर्फी रुपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार बेलाबेला सडक माथिबाट ढुङ्गा खस्ने भएकाले जोखिम कायमै छ ।

यस्तै निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ । लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको र पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्