काठमाडौं – नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले घटेको हो। आज १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।
यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ र १० ग्राम ३ हजार ७ सय ३८ रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएपछि बजारमा खरिदबिक्री गतिविधिमा चासो बढेको व्यवसायीहरूले बताएका छन्।



