चौरजहारी घटनाः ३ जनाको ज्यान गयो, ३ अझै बेपत्ता, अनुसन्धानका लागि ५ सदस्यीय समिति गठन

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले गत १० रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको सो घटनाले सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको उपसचिव रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।

राष्ट्रियसभामा गृहमन्त्रीले दिएको जानकारी अनुसार रुकुम पश्चिम चौजाहारी वडा नम्बर–८ का वीरबहादुर मल्लकी कि छोरी वर्ष १७ कि सुष्मा मल्ललार्ई भगाइ ल्याउन जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ का नवराज विक सहित १९ जनाको समूह गत जेठ १० गते बेलुका चौजाहारी पुगेका थिए । भगाई लाने पक्ष र केटी पक्षका बीच झडप हुदा केटी पक्षकाले भेरी नदीतर्फ लखेटेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्