बारामा २ जना सैनिक सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारा – बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्