धनुषाका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं – थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
धनुषाका २० र ६५ वर्षीया पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । एक जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्