बैतडीमा एकै दिन १ हजार भन्दा बढीलाई क्वारेन्टाइनबाट घर पठाइयो

बैतडी – बैतडीमा एकै दिन एक हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनबाट घर पठाईएको छ । भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन पूरा गरेका एक हजार ३६ जनाको द्रूत परीक्षण गरेर घर पठाईएको स्वास्थ्य कार्याल बैतडीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार झुलाघाट र दार्चुला नाकाबाट आएका मध्ये १४ दिन पूरा गरेका एक हजार ३६ जनाको आरडिटी ( द्रूत परीक्षण) गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाईएको हो । क्वारेन्टाइनमा अब २४८ जना रहेका छन् । घर पठाईएकाहरु एक महिना भारतीय क्वारेन्टाइनमा समेत बसेको थिए ।

क्वारेन्टाइनबाट घर पठाउन द्रूत परीक्षण गर्दा विहीबार बैतडीको डिलासैनी गाउँपालिका–१, सरस्वती मावि नानराको क्वारेन्टाइनमा रहेका ५० वर्षका एक जना पुरुषमा आरडिटी पोजेटिभ देखिएको थियो । उनलाई जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखेर शुक्रबार स्वाब सङ्कलन गरेर धनगढी पठाईको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्