प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने – सीमाबारे जथाभावी नबोल्नुहोस्

फाइल फोटो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएका हुन् । सीमा समस्या हल गर्न सरकारले पहल गरिरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

पछिल्लो समय भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ । संसदका विभिन्न समितिहरूले यसबारेमा जवाफ दिन परराष्ट्र र भूमि सुधार मन्त्रीहरूलाई बोलाइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्