भारतमा एकै दिन ३६ सय भन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ७० हजार पार, झण्डै २३ सयको मृत्यु

काठमाडौँ – भारतमा एकै दिन ३६ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुगेको छ । भारतमा पछिल्लो केहि दिन यता दैनिक ३ हजार भन्दा बढी कोरोनाका नयाँ विरामी फेला पर्दै आएका छन् । यहाँ यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ सय ९४ पुगेको छ भने २२ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । दक्षिण एसियामा भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्