घोराही सिमेन्टको आईपीओ रोकियो, यस्तो छ कारण !

काठमाडौं – नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ । फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो...

सप्तकोशी, तमोर र अरुणमा तीन दिनसम्म पानीको बहाव बढ्ने

काठमाडौँ –  शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका ठुला नदीहरूमा अझै तीन दिनसम्म पानीको बहाव बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार...

बाढीपहिरो जोखिमका कारण फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक –१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएकामा याङवरक –१ निवासी नरमाया गुरुङ, सन्दीप...

संसदमा सांसद बरालको प्रश्न : ‘के सरकारले सबै न्यायालयहरु बन्द गर्न खाेजेकाे हाे ?

काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेहरुकाे मुद्दा फिर्ता लिएको भन्दै नेकपा एमालेलेकी सांसद सुनिता बरालले आपत्ति जनाएकी छिन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा...

समाजवादी मोर्चा घोषणाको समय सर् यो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको छ। दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको...

स्रोत नखुलेको ५३ लाख रूपैयाँसहित ७० बर्षीया एक बृद्ध पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया...

सङ्खुवासभाको सभा र ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहभन्दा माथि

काठमाडाैं – सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ । सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा...

बालकोटमा ओली र रेशम चौधरीबिच भेटवार्ता

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो...

संखुवासभाको बाढीमा २२ जना बेपत्ता, सबैको पहिचान खुल्यो

संखुवासभा – संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको...

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल...

आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं – माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी...

भारतीय फिल्मको प्रदर्शन रोक्ने बालेनको घोषणाबीच मन्त्रालयले भन्यो- गम्भीर ध्यानाकर्षण

काठमाडौं – भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादमा सरकारले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम...