चितवनमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएकी थिइन् । उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । […]

कोरोनाले भन्दा मानसिक चिन्ताले ज्यान सकिने भो !

सुशील सुवेदी, सिन्धुपाल्चोक बिश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । नेपालमा परिक्षणको दायरा फराकिलो अर्थात बढाएको हुनाले अहिले सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौका अस्पताल हरुमा बेडको अभाब छ भने स्थानिय तहले बनाएका आइसोलेशन तथा क्वारेन्टाइनहरुपनी भरिन थालिसकेका छन। हरेक क्षेत्रमा पिसिआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरेलगत्तै परिक्षण गर्नेको संख्या बढेको हो । […]

सांस्कृतिक जागरण नेपालको अध्यक्षमा विशाल आचार्य निर्वार्चित

सुशील सुवेदी सिन्धुपाल्चोक – सांस्कृतिक जागरण नेपालको अध्यक्षमा विशाल आचार्य निर्वार्चित भएका छन । सांस्कृतिक जागरण नेपालको प्रथम भेलाले आचार्यलाई निर्वाचित गरेको हो । आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ उपाध्यक्षमा जीवन न्यौपाने र सुशान्त आचार्ये सचिब मा सुशील सुवेदी कोषाध्यक्षमा रन्जन पौडेल र सहसचिवमा मनिषा दाहाललाइ भेलाले चुनेको हो । सदस्यमा […]

साँखु-फटकेस्वार-बाहुनीपाटी (मनमोहन मार्ग) निर्माण सुभारम्भ

सुशील सुवेदी, सिन्धुपाल्चोक काठमाण्डौबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको शिलान्यास भएको छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज एक समारोहका बीच काठमाण्डौ र सिन्धुपाल्चाकको सिमाना नाङलेभारेमा सो सडकको शिलान्यास गर्नुभएको हो । मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दुरीमा नै काठमाण्डौ पुग्न सकिने हुँदा धेरै मेलम्चीभेगका स्थानीयले यही बाटो प्रयोग गर्दै आएका छन् । […]

जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुशील सुवेदी सिन्धुपाल्चाेक – जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकको कर्मचारीकाे परिवारमा मा कोरोना पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सेवाहरु बन्द भएका छन् । कार्यालययले एक सूचना जारी गर्दै २२ गते देखि २६ गते सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।  

चितवन राष्ट्रिय निकुञ्ज : तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन – चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको […]

कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय सिन्धुली बन्द

सिन्धुली – भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ । कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण र अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण […]

अमृत सुर्यमुखी तेलको प्याकेट भित्र कुहिएको बस्तु भेटिएपछी बिक्री बितरणमा रोक

सुशील सुवेदी सिन्धुपाल्चोक – तेलको प्याकेट भित्र मुसा जस्तै देखिने कुहिएको बस्तु भेटिएपछी मेलम्ची नगरपालिकाले विक्रिमा रोक लगाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११मा खानको लागि प्रयोग गर्ने तेलमा कुहिएको बस्तु भेटिएपछि नगरपालिकाले रोक लगाएको हो । त्रिबेणि ग्रुपको अन्नपूर्ण प्रा. लि. को ब्याच नम्बर ५४को अमृत सुर्यमुखी तेल बिक्रीवितरण तथा उपभोग गर्न मेलम्ची […]

मकवानपुरमा भएको सुमो दर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । थप मृत्यु हुनेमा झापा जिल्लाकी […]

पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु, उपत्यकामा ११७७ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा  काठमाडौंमा १००१, भक्तपुरमा ६७ र  ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । त्यसैगरी, नेपालमा कोरोनाभाइरसका दुई हजार १२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले […]