चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छ : अर्थमन्त्री

file photo

काठमाडौ – अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८÷७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए ।

अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको उनले जानकारी दिए । स्रोत व्यवस्थापनमा चुनौती रहेको समेत उनले स्पष्ट पारे । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।

यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्छ । खर्च कति हुन्छ भन्नेबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्