प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्म स्थगित (सूचना सहित)

File Photo

काठमाडौँ – सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ। एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसद्बाट पारित गर्न दबाबमा रहेको छ । तर सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप गिजोलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्