काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । ३१ बर्ष पार्टीमा रहेका थापाले पार्टी परित्याग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताउनुभयो । उहाँले एक विज्ञप्ती सार्वजनिक गर्दै अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टी परित्याग गरेको बताउनुभएको छ ।
गएको मङ्सिरमा भएको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आउनुभएको थियो ।