दाङ – दाङमा झण्डै आठ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ घर भइ घोराही उपमहानगरपालिका नयाँ बसपार्क बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही उपमहानगरपालिका वडा नम्बर– १८ गिठेपानी बस्दै आएका ५९ वर्षीय कर्णबहादुर पुन रहेका प्रहरीले जनाएको छ ।
दलबहादुर कामीको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम लागुऔषध चरेससहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । प्लास्टिककाे बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा पिस बरामद भएको प्रहरीको भनाइ छ ।