काठमाडौँ – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । यस्तै बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।
कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहिबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।