नेकपा (माओवादी केन्द्र)ले बोलायो केन्द्रीय समिति बैठक, यी हुन् मुख्य एजेण्डाहरु

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले यही माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार साङ्गठनिक राजनीतिक विषयलाई टुङ्गो लगाउन बैठक बोलाइएको हो । यसअघि माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि बैठक बस्न सकेको थिएन । माओवादीको आठौँ महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्