नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घ भक्तपुर जिल्ला कमिटीको चौथो सम्मेलनले मिलन लामाको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।
शनिबार सम्पन्न सो सम्मेलनमा माओवादी केन्द्र जिल्ला अध्यक्ष डिपी ढकालले गणतन्त्रको रक्षाका एकजुट हुन आह्वान गर्नुभयो । महासङ्घका केन्द्रीय उपमहासचिव तथ बागमती प्रदेश इन्चार्ज प्रकाश श्रेष्ठ, सूर्यविनायक नगर कमिटीका अध्यक्ष सानुकान्छा आलेमगरलगायतले श्रमिकका हकहितमा भरोसायोग्य सङ्गठनका रूपमा विकास र विस्तार गर्दै लैजाने बताउनुभयो ।