सर्वोच्च अदालत प्रांगणमा प्रहरी र वकिलहरुबिच घम्साघम्सी

काठमाडौँ – सर्वोच्च अदालत प्रांगणमा प्रहरी र वकिलहरुबिच घम्साघम्सी भएको छ । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुलाई प्रहरीले वकिलमाथि बल प्रयोग गरेको छ । सोही क्रममा नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जन घाइते भएका छन र उहाँलाई अस्पताल लगिएको छ । घाइते प्रकाश महर्जनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार हुँदै ।
घम्साघम्सीका क्रममा बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायीहरु कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे पनि घाइते भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्