धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव भेटियो

सांकेतिक तस्बिर

काठमाडौँ – धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला परेको हो ।

घरबाट करिब एक किलोमिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । प्रहरीका अनुसार उनका शव कुहिएको अवस्थामा भेटिएको छ । सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन् । पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको आफन्तले बताएका छन् ।
हराएकै दिनदेखि खोजी गर्दै जाँदा शुक्रवार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार यसअघि दुई तीन दिन पहिलेसमेत सो इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरेका थिए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्