काठमाडौं – करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाको ’रेडिमेड’ मासुमा चाँडै रमाउन थालेको छ ।
चिडियाघरको पाहुना र माउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ ।
गैँडा गणनामा संलग्न हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएपछि बेहोश गरेर यहाँ ल्याइएको यो बाघ सदर चिडियाखानामा बस्न थालेको एक साता पुगेको छ ।
बर्दियाबाट सडकमार्ग हुँदै ललितपुर जावलाखेलस्थित सदरचिडियाखाना पु¥;याएकै दिन भोको पेटमा तीन केजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित खाएको सिकार जस्तै मीठो स्वाद मानेर खाला भन्ने चिडियाखानाका कर्मचारीलाई विश्वास लागेको थिएन ।
तर, यो बाघलेजङ्गली सिकार र ’रेडिमेड’ सिकारमा गन्ध थाहा नपाएझैँ गरेर
र खाएको देखेपछि कर्मचारी पनि अचम्ममा परेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।