पूर्वी नेपालमा बिहानै भूकम्पको धक्का, ताप्लेजुङ आसपास केन्द्रबिन्दु

 

काठमाडौं । नेपालको पूर्वी क्षेत्रमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पको धक्का पूर्वी नेपालका हिमाली तथा तराई क्षेत्रका विभिन्न जिल्लामा महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

भूकम्पको कम्पन नेपालसहित भारत, भुटान र चीनका केही क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को प्रारम्भिक विवरणअनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको लेलेपबाट करिब २० किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ ।

बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।

भूकम्पको थप विवरण तथा क्षतिको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्