काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मको अवधिका १६ जना पाक्षिक उपहार विजेता र एक जना बम्पर उपहार विजेता घोषणा गरिएको छ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताहरूको नाम घोषणा गरेका हुन्।
आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ।
त्यसैगरी, अन्य १६ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन्। उपहार प्राप्त गर्ने कुपन नम्बरहरूमा ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४ र ०९०५७४८२३८५० रहेका छन्।
त्यस्तै, कुपन नम्बर ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ ले पनि जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन्।
सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिलबिजक लिने र दिने संस्कृतिलाई प्रोत्साहन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले तोकिएको प्रक्रियाअनुसार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ। कार्यक्रमले उपभोक्तालाई खरिदको बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई पनि कारोबारको अभिलेख राख्न र कर प्रणालीप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बिलबिजकको प्रयोग बढ्दा कारोबार पारदर्शी हुने, कर छली नियन्त्रणमा सहयोग पुग्ने र राज्यको राजस्व प्रणालीलाई व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास सरकारले लिएको छ।




