काठमाडौं । भारतले पाकिस्तानलाई १९ रनले पराजित गर्दै टी–२० क्रिकेटको उपाधि जितेको छ। फाइनल खेलमा भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो। भारतका लागि अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ६१ रन बनाए भने तिलक वर्माले अविजित ५१ रनको योगदान दिए। शिवम दुबेले १५ बलमा २७ रन बनाए भने श्रेयस अय्यरले २१ र इशान किशनले २० रन जोडे।
२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि हसन नवाजले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। साइम अयुबले २९ रन तथा माज सदाकतले २३ रन बनाए। भारतका बलरहरूले महत्वपूर्ण समयमा विकेट निकाल्दै पाकिस्तानको लक्ष्य पूरा गर्ने प्रयास रोकिदिए। भारतका लागि अक्षर पटेल र वासिङ्टन सुन्दरले समान २–२ विकेट लिए भने शिवम दुबेले पनि २ विकेट लिए।
भारतले बलियो ब्याटिङ र प्रभावकारी बलिङ प्रदर्शन गर्दै पाकिस्तानलाई १९ रनले पराजित गरेपछि उपाधि आफ्नो नाममा गरेको हो। फाइनलमा भारतले बनाएको २११ रन र पाकिस्तानले बनाएको १९२ रनबीचको १९ रनको अन्तरले भारतलाई उपाधि दिलाएको हो।




