त्रिवि प्रश्नपत्र आउट प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा आज अभियोगपत्र दायर गरेको हो ।

यस प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ । उनीसँगै विद्यार्थीहरू अतुलकुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेशप्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रञ्जुकुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये केही अझै फरार रहेका छन् । गएको  साउन ६ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘म्यानेजमेन्ट–५१५’ र साउन ८ गतेको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । समाचार बनाउ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्