आबुधाबीमा मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । आवुधावीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ जना नेपाली घाइते भएका छन्। युएईको अज्बान क्षेत्रमा शुक्रबार भएको घटनामा हवाई प्रतिरक्षा प्रणालीले आकाशमै मिसाइल र ड्रोन नष्ट गरे पनि त्यसका टुक्रा खस्दा १२ जना घाइते भएका हुन्। घाइतेमध्ये ७ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका छन्।

घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ। सोही क्रममा प्रक्षेपण गरिएका हतियारलाई यूएईको वायु रक्षा प्रणालीले निष्क्रिय पारेको थियो।

घटनापछि उद्धार टोली तत्काल परिचालन गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। यसैबीच, हब्सान ग्यास सुविधास्थलमा पनि अवशेष खस्दा आगलागी भएको थियो। आगो नियन्त्रणमा लिइए पनि उक्त स्थानमा मानवीय क्षति भने भएको छैन।

यूएईको रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले सम्भावित ठूलो क्षति हुनबाट जोगाएको पुष्टि गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्