आईसीसी टी–२० विश्वकपः आजदेखि सुपर–एट चरण शुरू

काठमाडौँ ।आईसीसी टी–२० विश्वकप अन्तर्गत आजदेखि सुपर–एट चरणका खेल शुरू हुँदैछन्। समूह चरणबाट चार समूहका शीर्ष दुई–दुई टोलीले सुपर–एटमा स्थान सुरक्षित गरेका हुन्।

सुपर–एटको पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ। खेल कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ। आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्याण्ड सुपर–एटमा पुगेका छन्।

साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल भोलि अहमदाबादमा हुनेछ। प्रतियोगिताको फाइनल खेल मार्च ८ तारिख अर्थात् यही फागुन २४ गते तय गरिएको छ।

यसैबीच, समूह चरणअन्तर्गत हिजो भएको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको छ। ओमानले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले ९ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गरेको हो। यी दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्