भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

अवाजा (तुर्कमेनिस्तान), २४ साउन । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

प्रधानमन्त्री ओली भर्खरै तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि प्रस्थान गरेका हुन् । स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले विमानस्थलमा ओलीलाई बिदाइ गरे ।

दुबई हुँदै प्रधानमन्त्री ओली आज राति ११:५५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्