बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा

काठमाडौँ, २३ पुस । बार्सिलोना स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ ।

 

गएराती सम्पन्न खेलमा बार्सिलोनाले बार्बास्ट्रोलाई ३-२ गोल अन्तरले पराजति गर्दै कोपा डेल रे को राउण्ड १६ मा पुगेको हो ।

 

बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यसैगरी बार्बास्ट्रोका लागि आद्रिया डे मेसा र मार्क प्राट सेरानोले एक एक गोल गरेका थिए ।

 

योसँगै बार्सिलोना यस सिजनको राउण्ड १६ मा पुगेको छ र राउण्ड १६ को ड्र समेत आजै हुदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्