रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ, २३ पुस । पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ ।

 

गएराती सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो ।

 

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक एक गोल गरेका थिए ।

 

यस खेलमा रेभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्