एम्पोलीमाथि एसी मिलानको ३-० को सहज जित

काठमाडौँ, २३ पुस । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले एम्पोलीमाथि सहज जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा मिलानले एम्पोलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा रुबेन लोफ्टस चीक, ओलिभर गिराउड र चाका ट्राओरेले एक एक गोल गरेका थिए ।

यो जितसंगै मिलानको १९ खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै एम्पोलीको भने यस हारपछि १९ खेलमा १३ अंक छ र लिगमा १९औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्