काेरनाकाे त्रास : कुनैपनि किसिमका भेला नगर्न दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे अपिल

चीनको हुवानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलँदै गएको छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट, चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ र कोरोना भाइरसको संक्रमणको त्रासका कारण शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ ।

हामीले पनि फैलदो महामारीको त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने देखिन्छ । कोरोना भाईरस  को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग हो ।

साथै कोरोना भाईरसको सम्वेदनशिलताका लागि शैल्यशिखर नगरपालिका क्षेत्रभित्र कुनैपनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजना नगर्न हुन, सम्वन्धीत सबैमा अनुरोध गरिन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्