टेकु अस्पतालबाट भागेका काेरनाकाे आश‌ङ्का गरिएका बिरामी विराटनगरमा भेटिए

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी सम्पर्कमा आएको अस्पतालले जनाएको छ ।

कोरियाबाट फर्केका ती युवा कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनी बुधबारै राति ८ बजे अस्पतालबाट भागेका थिए ।
अस्पतालबाट भागेर उनी विराटनगर पुगेको र उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए ।

अस्पतालले ती युवालाई कोरोना भाइरसको संक्रमण नभएको र सामान्य घाँटीमा समस्या भएको अस्पतालका प्रवक्ता डा. अनुप बास्कोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्