CORONA

गौरा पर्व

पश्चिम नेपालको मौलिक सांस्कृतिक पर्व ‘गौरा’ शूदुरपश्चिम र कर्णालीका अलावा भारतको कुमाउ, गढवाल क्षेत्रमा पनि मनाइन्छ । नेपालका शूदुरपश्चिम र कर्णाली तथा भारतको उत्तराखण्ड प्रदेशका जनसमुदायले यो पर्व एकै प्रवृत्ति र समान आस्था र विश्वासले मनाउने भ​एकाले यसको सामाजिक महत्व पनि विशेष छ ।

भाद्र शुक्ल पंचमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन महिलाहरुले घर-घरमा तामाको भाडामा बिरुडा ( पंच अन्न​; केराउ, गहत, गहुँ, मास​, गुरुस​) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । त्यो दिन बिरुडा भिजाउने भ​एकाले त्यो दिनलाइ बिरुडा पंचमी पनि भन्ने गरिन्छ ।

भिजाएको बिरुडा भोलिपल्ट नजिकैको कुवा, तलाउ, नदी, धारामा लगेर पखालिन्छ । त्यस्तै सप्तमीको दिन गौरादेवीलाइ नजिकैको मठ-मन्दिरमा भित्र्याएर साैँ, धान​, कुस मिलाएर गौरीको आकृति मिलाएर ब्रत बसेका महिलाहरुले गौराघर अथवा मन्दिरमा राखि कन्याको रुपमा पुजा गर्ने चलन छ ।

अष्टमीका दिन व्रतालु महिलाहरु गौरापर्व मनाउने स्थल (गौरा खाला) मा जम्मा भई गौरी र महेशको प्रेम विवाह स्मरण गर्दै विधि़-पूर्वक पुजा-पाठ गरी मनाउने गर्दछन् । पंच अन्न अर्थात बिरुडालाइ पुजनपछि प्रसादको रुपमा घर-घरमा ग्रहण गर्ने चलन चल्तीमा रहेको छ । पाँच दिनसम्म गौरी-महेश्वरको पुजा-आराधना गरेर धमारी, फाग​, ढुस्को, देउडा जस्ता गीत गाएर रमाइलो/नाचगान गर्ने गर्दछन् । यसरी विधिपुर्वक गौराको समापन् हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्