CORONA

गरिबी र अक्सिजन

यो कथा नेपालको एकान्तबस्तीको हो । उक्त शहरको एक कोठा भाडा लिएर मिलन र मिलनकी वृद आमा बस्छन् । आफ्ना भन्नू छोरा र आमा बाहेक कोहि छैनन् । छोरा सहरको अस्पतालमा सफाइमा काम गर्छ आमा दिनभरी कोठामा बसेर दिन बिताउछिन् । देशमा कोरोना भाइरसको दोस्रो लहर आउँछ जनजीवन सबैको कष्टकर हुन्छ मिलनको काम गर्ने अस्पतालमा नि बिरामीको भिड हुन्छ आफन्तहरु रुदै बिरामीहरु अक्सिजनको कमि भइ बचाउ बचाउ भन्दै चिच्याइरहेका हुन्छन दिनचर्या यसरी नै बितेको हुन्छ अस्पतालमा सम्पुर्ण बेड भरिएका हुन्छन् यसै क्रममा एक जना वृद्ध आमा आफ्नो छोरा लिएर अस्पताल पुग्छन् बेड पाइदैन र अस्पताल बाहिर बसेर रुदै बसेको नजर मिलनको अँखामा जान्छ।

“आमा के भयो दाइलाइ” मिलनले भन्न नसक्दै आमा को जवाफ आउँछ, ” के भनु बाबू आज पोजेटिभ आको छ दिन भयो आज गाह्रो भयो भनेर अस्पताल लिएर आएकी छु केहि व्यवस्था गरि दिनु” अनि मिलन ले भन्छ, “आमा म यो अस्पतालमा सफाइ को काम गर्छु बेड एक पनि खाली छैनन् म के गर्न सक्छु आमा”

आमा – बेड चाहिदैन बाबू म छोरा लाई काख मा नै राख्छु जसरी भए पनि अक्सिजन को व्यवस्था गरिदिनु बाबु ।

मिलन जसरी भए पनि ज्यान जोगाउनु पर्छ भन्दै भित्र जान्छ र कतै पनि बेड खाली छैनन् डाक्टर हरुलाइ अनुरोध गर्छ खाली छैन बेड भन्दै आफू नै गाली खान्छ । टेबलको बेड ब्यवस्थापन गरेर डाक्टर लाई अक्सिजनको ब्यवस्थापन गर्न अनुरोध गरिदिन्छ र त्यो मान्छे को जीवन जोगिन्छ यसरी नै अरुको सेवा गरेर नै मिलनको दिनचर्या बितिरहेको हुन्छ । यसै क्रममा आफू पनि कोरोना संक्रमण हुन पुग्छ ।

कोठामा नै बसेको हुन्छ दिन बित्दै गा¥हो महसुस हुँदै गएको हुन्छ । आमाले आज छोरा लाई गाह्रो भैइसकेको कुरा थाहा पाको हुन्छिन जसरी भए पनि अस्पताल लैजान व्यवस्था गर्न तिर आमाको सोच जान्छ । त्यही घरको अर्को कोठामा कृष्ण र सुनिता दम्पती बस्छन् कृष्ण ले शहरमा ट्याक्सी चलाउछ र सुनिता बिमा कम्पनीमा काम गर्छिन।

वृद्ध आमा आतिदै कृष्णको ढोकामा पुग्छीन् । कृष्ण बाबू आज छोरा लाई अप्ठ्यारो भयो गाडी चलेका छैनन्, एम्बुलेन्स लाई खबर गरेको आएन एक चोटि छोरा लाई अस्पताल पुगाइदेउ भन्न न सक्दै कृष्ण कि पत्नी बैगुनी सुनिताले कृष्ण लाई हुदैन भन्ने चाल गर्छिन र आमा लाई कृष्णको सहयोग पाइदैन । आमा निराश हुँदै आफ्नो कोठामा जान्छिन र झ्यालबाट बाहिर तरकारी बेच्ने दाइको ठेला देखिन्छ तेहि ठेलामा मिलन लाई राखेर धकेल्दै अस्पताल पुगाइन्छ । अस्पतालमा ठाउँनै खाली हुँदैन। मिलन अस्पतालको स्टाफ भएर पनि अस्पतालमा बेड पाइदैन ।

आमा मिलनको टाउको काखमा राखेर बाहिर चर्को घाममा रुदै गरेको अस्पतालको बे मा उपचार पाइरहेका ८५ बर्षीया वृद्ध बुढाले सिसि क्यामारा बाट नजर पुग्छ । बृद्ध बुढाले आफ्नो उपचार गरिरहेका डाक्टर लाई बोलाउछ्न र क्यामारामा त्यो मिलनको र आमाको दृश्य देखाउछ्न र भन्छन्म, “लाइ निको भैइ सक्यो मैले यो संसार देखि सके मलाई अब यो संसार देख्नु छैन मलाई उपचार भैइरहेको बेडमा अब त्यो किसोरा अवस्थाको छोराको उपचार गराइदेउ, त्यो बाबू बाच्छ म मरे केही हुदैन मेरा छोरा छोरी ठुला भैइ सकेका छन् त्यो बाबू लाई केही भयो भने ती बृद्धाको हातल के हुन्छ” भन्न नसक्दै बिच्चमा डाक्टरको जवाफ आउँछ बुबा म एक डाक्टर हुँ मेरो धर्म बिरामीको उपचार गर्नु हो एक बिरामी मारेर अर्को बचाउने होईन । त्यो कुरा चलिरहेको बेला ती बुढाको छोरा आइपुग्छ कुरा सुनेर भन्छ हुदैन बुवा तेस्तो हजुरले बाच्नुनै पर्छ भन्दै जिद्दी गर्छ बुढा छोरा र डाक्टरको कुरा मान्दैनन् र बेड बाट उठ्छ्न अक्सिजन पनि पर फाल्छ्न ।

डाक्टरले नर्स बोलाउछन् र भन्छन् बाहिर बाट मिलन लाई लिएर आउनु बहिनी यो बेड खाली भैइसकेको छ । त्यो बेडमा मिलनको उपचार हुन्छ अक्सिजन दिइन्छ। वृद्ध बुढा लाई उनको छोराले भन्छ बुबा मलाई गर्भ छ आफ्नो जीवन मार्ने प्रयास गरेर पनि हजुरले अर्को जीवन बचाउनु भयो यो नै हाम्रो घर्म हो । संयोगबस बृद्ध बुढाको जीवन नि बच्छ। उता उपचाररत मिलन लाई नि निको हुन्छ र अस्पताल बाट डिस्चार्ज गरिन्छ मिलन राम्रोसँग निको भएर फेरि अस्पतालको सफाइ सङ्गै बिरामीको सेवामा हाजिर हुन्छ ।

यो कथा काल्पनिक कथा हो कसैको जीवनमा मेल खादैन खाए संयोग मात्र हुनेछ ।
( गिरिजाप्रसाद मिश्र )

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्