केन्द्रीय राजनीतिमा जटिलता देखिएको छ : प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय राजनीतिमा जटिलता देखिएको बताउनुभएको छ ।

मंगलबार चितवनको माडी पुगेका प्रचण्डले राजनीतिक जटिलता चिर्न लगातार छलफल आवश्यक परेको उल्लेख गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘म आउने समय भएर माडी आएको होइन । काठमाडौंमा तपाईंहरूले देख्नुभएको छ । केन्द्रीय राजनीतिमा कहिलेकाहीँ अलिअलि जटिलता देखा पर्छन् । तिनलाई समाधान गर्न लगातार छलफल गर्नुपर्ने थियो, ।’

तर उहाँले राजनीतिक जटिलता के हो भन्ने खुलाउनुभएन ।

सभामुखमा उम्मेदवारी दिने निर्णय नेकपा सचिवालय बैठकले गरे पनि उम्मेदवार चयन गर्न सकेको छैन ।

‘निकै दबाब थियो, साथीहरू र नेताहरूले यस्तो बेला बाहिर नजान भनेका थिए,’ प्रचण्डले भन्नुभयो, ‘समाधान गर्न समय दिनुपर्ने छ ।’
‘म २ घण्टाका लागि माडी आएको हुँ,’ उहाँले भन्नुभयोे, ‘काठमाडौं फर्केर थुप्रै मिटिङ गर्नुछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्