नेपालमै पहिलोपटक बृहत अन्तर्राष्ट्रिय स्तरको बिल्डटे्क एक्स्पो आयोजना हुने

काठमाडौं । नेपालमै पहिलोपटक बृहत अन्तर्राष्ट्रिय स्तरको बिल्डटे्क एक्स्पो आयोजना हुने भएको छ ।

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासघंले आफ्नो २१ औं साधारणसभाको अवसरमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको छ । एक्स्पो आगामी माघ ३ गतेदेखि माघ ५ गतेसम्म भक्तपुरको सल्लाघारीमा आयोजना हुँदैछ ।

महासंघले आफ्नो इतिहासमै पहिलोपटक आयोजना गर्न लागेकोअन्तर्राष्ट्रिय स्तरको बिल्डटेक एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत गराउने र जानकारी दिने उद्देश्यले आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

१५ सयभन्दा बढी निर्माण व्यवसायीहरुको सहभागी रहने उक्त साधारणसभा तथा नेपाल बिल्डटेक एक्स्पोमा साना ठूला गरी १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् । तीन दिनसम्म चल्ने सो बिल्डटेक एक्स्पोमा करिब ५ हजार अबलोकनकर्ताहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजक महासघंले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्