गोकर्ण रिसोर्टको लिज अवधि थप बारे छलफल गर्न सरकारलाई सर्वोच्चले बोलायो

काठमाडाैँ,  सर्वोच्च अदालतले गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने मन्त्रिपरिषदको निर्णयबारे छलफल गर्न सरकारलाई बोलाएको छ ।

अधिवक्ता विष्णु लुइँटेलले दायर गरेको रीटमा सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारलाई छलफलका लागि माघ १२ गते बोलाएको हो ।

सरकारले नेपाल ट्रष्टको जग्गामा रहेको गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि ६ वर्ष बाँकी हुँदै थप २५ वर्ष थप गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको उक्त निर्णय खारेज गर्न माग गर्दै अधिवक्ता लुइँटेलले रीट दायर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्