माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बुको गाउँपालिका स्तरीय नेकपा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमान्डौ, सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्तरिय नेपाल कम्युनिस्ट पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम काठमान्डौमा सम्पन्न भएको छ । काठमाडौंको सुकेधारा स्थित एक होटलमा भएको सो कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एबम संगठन बिभागका उपप्रमुख जनार्दन शर्माको रहनुभएको थियो ।

सरकारको योजनालाई गाउसम्म पु¥याउन र गाउका समस्यालाई केन्द्रसम्म पु¥याने उदेश्यले कार्यक्रमको आयोजना गरिएको माप्य दुधकोशी गाउँपालिकाका नेकपा अध्यक्ष गौरब राईले बताउनुभयो । कार्यक्रममा संघिय सांसद हेम कुमार राई (सुरबीर)ले संघिय सरकारले गरेको काम र जिल्लामा भईरहेको प्रगतिको बारेमा जानकारी गराउनुभयो । पाटी संगठनलाई एक ढिक्का भएर अगाडी बढ्न सुझाव दिदै जनभावना अनुसार काम गरिरहेको उहाँको दावी छ । प्रदेश सांसद एवम् संसदियदल नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र प्रदेश सांसद उत्तम कुमार बस्नेतले प्रदेश सरकारले गरिरहेको कामबारे जानकारी गराउँनुभयो । सांसदद्वयले प्रदेश सरकारबाट सञ्चालन भएका योजनालाई गुणस्तरीय बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै गाउँपालिका महासंघ प्रदेश एकका कोषाअध्यक्ष एवम् थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, नेकपा सोलुखुम्बुका अध्यक्ष मानबिर राई, सचिब गोन्बु शेर्पा लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर १ कमिटी अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य देबराज घिमिरे र नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन बिभागका उपप्रमुख जनार्दन शर्माले उपस्थित नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको नेकपा माप्यदुधकोशी गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्