बालुवाटार जग्गा प्रकरणबारे राष्ट्रिय सभामा यसरी मागे सरकारको जवाफ

काठमाडौं । सांसद विन्दादेवी आलेले बालुवाटार, ललिता निवास जग्गा प्रकरणबारे सरकारको जवाफ माग गर्नुभएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद आलेले भन्नुभयो ‘तीन तीन वटा निकायले अनुसन्धान गरेको ललिता निवासको जग्गा विवादको प्रतिवेदन कहाँ छ, यो विषयमा सरकारले संसदलाई जवाफ दिनुपर्छ ।’

शक्तिशाली नेता, व्यावसायीदेखि पूर्व प्रधानमन्त्रीहरू समेत तानिएको ललिता निवास क्याम्पभित्रको २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारेको विषयमा अनुसन्धान गर्न सरकारले तीन वटा निकायलाई जिम्मा दिएको थियो ।

२०७५ फागुनमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई अनुसन्धान गर्न भनेको थियो ।

तर तीन पटक म्याद थप गर्दा पनि अनुसन्धान टुँगिएको छैन । असार, भदौ र मंसिरमा म्याद थप भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्