तीन वर्षायता सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा करिब पाँच सय जनाको मृत्यु

तीन वर्षायता सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा करिब पाँच सय जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७३ साउनदेखि ०७६ असार मसान्तसम्म सवारी दुर्घटनामा ४८२ जनाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ ।

आर्थिक वर्ष ०७३/७४ मा एक सय ३३, ०७४/७५ मा एक सय ५७ र ०७५/७६ मा एक सय ९२ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

दुर्घटनामा मृत्यु हुनेमा कैलालीमा सबैभन्दा धेरै २०२ जना रहेका छन् । कञ्चनपुरमा ९२, डडेल्धुरामा ८१, बैतडीमा २६ र दार्चुलामा १८ जनाको मृत्यु भएकाे छ ।

यस्तै, डोटीमा ५१ र बाजुरामा १२ जनाको मृत्यु भएको छ । तीन वर्षको अवधिमा अछाम र बझाङ्गमा भएका दुर्घटनामा भने कसैले ज्यान गमाएकाे छैन ।

तीन वर्षको अवधिमा दुर्घटनामा एक हजार १८७ घाइते भएका छन् ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा भने सवारी दुर्घटनाबाट ५७ जनाको मृत्यु भएको छ । यो अवधिमा १५६ जना घाइते भएका छन् ।

तीन वर्षको अवधिमा एक हजार ८६ दुर्घटना भएका छन् । ०७३/ ७४ मा तीन सय १२, ०७४/७५ मा तीन सय ७६ र ०७५/ ७६ मा तीन सय ९८ दुर्घटना भएका छन् ।

यस्तै चालु आर्थिक वर्षको मंसिरसम्ममा १३८ दुर्घटना भएका छन् ।

सबैभन्दा बढी दुर्घटना हुने जिल्ला कैलाली रहेको छ । कैलालीमा तीन वर्षको अवधिमा ३०५ सवारी दुर्घटना भएका छन् । यो अवधिमा बझाङ्गमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरीको तथ्यांकमा छ ।

तीन वर्ष यताको तथ्यांकले सवारी दुर्घटना वर्षेनी बढेको देखाएको छ । चालु आर्थिक वर्षको प्रारम्भिक तथ्यांकले भने यो वर्ष सवारी दुर्घटना कम हुने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्